२२ कार्तिक २०८३, आइतबार

बलात्कारीलाई पाँच वर्षको कारागार

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, ८ वैशाख । उदयपुरगढी घर भई हाल सुधारगृह विराटनगरमा रहेका १५ वर्षीय किशोरलाई बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले शुक्रबार पाँच वर्षको कारागार सजाय फैसला गरेको छ ।

जिल्ला अदालतका अनुसार गत भदौ १६ गते किशोरले ती बालिकालाई जबर्जस्ती करणी गरेपछि पीडित बालिकाको आफन्तले प्रहरीमा उजुरी दिएपछि अदालतमा मुद्दा दर्ता भएको थियो । अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालसले उक्त किशोरलाई दोषी ठहर गर्दै पाँच वर्ष कारागार सजाय र रु ३० जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार रितकुमार मगरले बताउनुभयो । दोषी किशोर हाल सुधारगृह विराटनगरमा छन् । –रासस