२२ कार्तिक २०८३, आइतबार

मकवानपुरमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, ८ वैशाख । गाँजा चरेश मुद्दामा सजाय पाएर फरार रहेका राम थापालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

२०७३ मंसिर २१ गतेको फैसलाले थापालाई १० महिना १८ दिन कैद तोकी दिएको थियो । सजाय भोग्नुको साटो थापा फरार भएका थिए ।

हेटौडा १७ बस्ने थापालाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले वैशाख ६ गते पशुपतिनगरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थापालाई मकवानपुर जिल्ला अदालतमा पेश गरेर सजाय भुक्तानको लागि कारागार कार्यालय भीमफेदीमा पठाइएको छ ।