विराटनगर, ७ वैशाख । प्रदेश नं १ को प्रदेशसभामा गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि (विधेयक) २०७४ शुक्रबार पेश भएको छ ।
वैठकमा प्रदेश सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले गाउँसभा र नगरसभा सञ्चालनका लागि बनेको कार्यविधि विधेयक संसद्मा पेश गर्नुभयो ।
संसद्मा पेश भएको उक्त विधेयकमाथि सामान्य छलफल भएको थियो । यस विधेयकमा संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइएको छ । –रासस












प्रतिक्रिया