२९ आश्विन २०८३, बिहिबार

तेह्रथुममा ५६ करोडको अलैँची उत्पादन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

alaichi-nepalतेह्रथुम, ९ पुस । तेह्रथुम जिल्लामा यसवर्ष रु ५६ करोड भन्दा बढीको अलैँंची उत्पादन भएको छ ।

जिल्लाको ६२७ हेक्टर जमिनमा लगाइएको अलैँची खेतीबाट यस वर्ष २४८ मेट्रिकटन अलैँची उत्पादन भएको हो ।

जसअनुसार यस वर्ष अलैँची उत्पादन पाँच प्रतिशतले र आम्दानी भने करिब ३० प्रतिशतले बढेको जिल्ला कृषि विकास कार्यालय तेह्रथुमका वरिष्ठ कृषि विकास अधिकृत मनोजकुमार यादवले बताउनुभयो ।

गत वर्ष जिल्लामा करिब रु ४१ करोड ५० लाखबराबरको अलैँची उत्पादन भएको थियो । गत वर्ष अलैँची सिजनमा प्रतिमन अर्थात प्रति ४० केजी रु ४० हजारदेखि रु ६० हजारका दरले किनबेच भएकामा यस वर्ष उत्पादित अलैँंचीले जिल्लामा अहिलेसम्मकै बढी मूल्य पायो ।

यस वर्ष अलैँचीको सुरु सिजनबाटै जिल्लामा रु ८० हजारमा कारोबार भएको थियो । अहिले अलैँची तेह्रथुमसहित पूर्वका बजारमा रु ९५ हजार देखि रु एकलाख प्रतिमनका दरले कारोबार भइरहेको छ ।

यहाँ उत्पादित अलैँची पूर्वका विभिन्न बजार तथा नाका हँुदै भारतसम्म निकासी हुने गरेको छ । जिल्लाको अर्थतन्त्रको करिव ४० प्रतिशत हिस्सा राख्ने अलैँचीखेती जिल्लाका एक नगरपालिकासहित २६ गाविस मध्ये नगरपालिकासँगै २० वटाभन्दा बढी गाविसमा लगाइएको छ ।

तर व्यावसायिक रुपमा भने जिल्लाका श्रीजुङ्, खाम्लालुङ् सुदाप, ओयाक्जुङ, इवा, ह्वाकुलगायतका गाविसमा हुन्छ । रासस