२२ कार्तिक २०८३, आइतबार

अवैध लागुऔषधसहित दुईजना पक्राउ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । अवैध लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले धनुषा मुखियापट्टी मुसहरमिया गाउँपालिका–५ बस्ने २२ वर्षीय रोशनकुमार यादब र ललितपुर उपमहानगरपालिका–१९ हौगल बस्ने १९ वर्षीय कुनाल राजथलालाई नियन्त्रित लागुऔषध सहित बिहीबार पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित सडक किनाराबाट यादबलाई नियन्त्रित लागुऔषध मनोद्विपक नाइट्राजेपाम नाइट्राभेट ३ सय ट्याव्लेट र नगद ९ हजार तथा राजथलालाई नियन्त्रित लागुऔषध मनोद्विपक नाइट्राजेपाम नाइट्राभेट ६ सय ३० ट्याव्लेटसहित प्रहरीले फेला पारी पक्राउ गरेको थियो ।

यस सम्वन्धमा आवश्यक अनुसन्धान भईरहेको बताएको छ ।