–बेलिना थापा
लमजुङ, ७ वैशाख । सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले सचेतनात्मक कार्यक्रमलाई तिब्रता दिएको छ । सवारी चालक, सहचालक र यातायात व्यवसायीलाई सचेतना दिदै आएको छ । सवारी दुर्घटना न्यनिकरणका लागि आ–आफ्नो ठाउँमा खेल्नुपर्ने भुमिकाको विषयमा जानकारी गराउदै आएको हो ।
ट्राफिक प्रमुख निरबहादुर अधिकारीले सवारी दुर्घटना बढ्दै गएकाले यसका लागि सचेतनाको आवश्यक रहेको बताए । कार्यलयले सञ्चालन गरेको सचेतना अभियानले विस्तारै सवारी दुर्घटना न्युनिकरण हुने उनले बताए ।
ट्राफिक प्रहरी हबल्दार भुमिराज घिमिरेले यस्ता सचेतनात्मक कार्यक्रमसँगै नियमित सवारी चेकजाँचमा पनि तिब्रता दिइएको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यलय र सामुदायिक सेवा केन्द्र बेँसीसहरले विद्यालय, कलेजमा पनि प्रशिक्षण दिदै आएको छ । सवारी दुर्घटना न्युनिकरण सम्बन्धी शुत्रबार बेँसीशहरमा चालक, सहचालक सँगै सवारी धनीलाई सचेतना प्रदान गरिएको छ ।
५० भन्दा बढिको उपस्थिति रहेको कार्यक्रममा ट्राफिक प्रहरी जवान मिक्रेसकुमार कार्की र जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक गौरब महतले प्रशिक्षण दिएका थिए । प्रशिक्षण ट्राफिक नियम जानकारी, न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने विषय थियो ।
ट्राफिक नियम नमान्दा दुर्घटनामा परेर अकालमा धेरैको ज्यान जाने र अंगभंग भएको भन्दै ट्राफिक नियम तथा सचेतना फैलाउदै आएका छन् । सवारी साधनको गति तीव्र हुनु, अनियन्त्रित, ओभरट्रयाक र सवारी चालकको लापर्वाहीले गर्दा बढ्दो सवारी दुर्घटनाको जोखिमलाई न्यूनिकरण गर्न भन्दै ट्राफिक सचेतना कार्यक्रम गरिदै आएको हो ।
लमजुङ जिल्ला चालु आर्थिक बर्षको चैत्र सम्ममा १३ सवारी साधन दुर्घटना भएको छ । दुर्घटनाबाट ११ जनाको मृत्यु भएको छ । गत आर्थिक बर्ष २०७३÷७४ मा सवारी दुर्घटना हुने सवारी साधनको संख्या ८ रहको थियो भने ४ जनाको मृत्यु भएको हो ।












प्रतिक्रिया