काठमाडौँ, ६ बैशाख । भारत सिपोल पिपडा बस्ने ३२ बर्षीय मोहमद सब्दुललाई लागूऔषध फेनरागन ९० एम्पुल, नोफिन ९० एम्पुल, डाईजेपाम ९० एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुङगा स्थित चेकपोष्टमा बाग्लुङबाट काठमाडौँ आएको ना ५ ख २५९३ नम्बरको बसलाई बिहीबार चेक गर्दा सब्दुलको साथबाट उक्त लागूऔषध बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।












प्रतिक्रिया