२२ कार्तिक २०८३, आइतबार

आमा गुमाएका बाँस्कोटाले दिए ३० लाखभन्दा बढी सहयोग

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


तेह्रथुम, ६ वैशाख । आर्थिक अभावमा समयमा उपचार गराउन नसक्दा बाल्यकालमै आमा गुमाएका फेदाप गाउँपालिका ओयाक्जुङका देव बाँस्कोटाले गरीब दुःखीको उपचारमा ३० लाख रुपैयाँभन्दा बढी पैसा खर्च गरेका छन् ।

आर्थिक उपार्जनकै लागि खाडी मुलुक इजरायलमा कार्यरत बाँस्कोटाले १० वर्षको अवधिमा यत्तिका धेरै रकम अरुलाई सहयोगमै खर्च गरेका हुन् । दशकअघि गाउँकै साहुसँग चर्को ब्याजदरमा ऋण खोजेर खाडीमुलुक कतार पुगेका बाँस्कोटाले पहिलो महिनाको कमाइबाटै दःुखी गरीबलाई सेवा गर्न थालेका थिए ।

‘दुईचार पैसा कमाएर कसरी दुःखी गरीबलाई सहयोग गर्न सकिन्छ भन्ने भावनाले पहिलेदेखि नै पोलिरहन्थ्यो’, हाल इजरायलमा रहेका बाँस्कोटाले टेलिफोनमा भने, ‘जति पैसा कमाए पनि अरुको सेवामै खर्च गरिरहेको छु ।’

पैसा अभावमा आमालाई बचाउन नसक्दाको पीडाले समाज सेवामा लाग्न प्रेरित गरेको उनले बताए । दश वर्ष प्रवास बसाईमा रु ३० लाखभन्दा बढी प्रत्यक्ष आर्थिक सहयोग गरिसकेको बाँस्कोटाले बताए । पारिवारिक अवस्था अत्यन्तै कमजोर रहेका बाँस्कोटाको विदेशयात्रा धन कमाउने सपना बोकेर १० वर्षअघि साउदी अरबबाट शुरु भएको थियो । उनको वैदेशिक रोजगारीको यात्रा अहिले इजरायल पुगेको छ । यो अवधिमा उहाँले समाजमा नाम र दाम दुवै कमाएका छन् ।

गीतसंगीतको क्षेत्रमा समेत संघर्ष गरिरहेका बाँस्कोटाले नेपालका जुनसुकै क्षेत्रमा रहेका भए पनि आपतविपतमा परेका नेपालीलाई प्रवासबाटै सहयोग गर्दै आएको बताए । प्रवासमा दुःख गरेर जोहो गरेको पैसाबाट आफूले भौतिक पूर्वाधार निर्माण, पुरस्कार प्रायोजन र बिरामीको उपचारका लागि ठूलो खर्च गरेको उनले जानकारी दिए । –रासस