२२ कार्तिक २०८३, आइतबार

प्रधानसेनापति र युरोपेली संघका राजदूतबीच भेटवार्ता

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ वैशाख । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग यहाँस्थित युरोपेली संघका राजदूत भिरोनिका कोडीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

नेपाली सेनाको जङ्गी अड्डामा बुधबार भएको उक्त भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैगरी बुधबार नै रक्षा मन्त्रालयका नवनियुक्त सचिव विष्णुप्रसाद लम्सालले जंगी अड्डाको निरीक्षण भ्रमण गर्नुभएको छ । उहाँलाई नेपाली सेनाका बलाध्यक्ष रथी हेमन्तराज कुँवरले जंगी अड्डामा स्वागत गर्नुभएको थियो ।

रक्षा सचिव लम्साललाई सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्यलगायत सेना सम्बन्धी अन्य विविध विषयमा सम्बन्धीत विभागका रथी तथा अधिकृतबाट प्रस्तुतिकरण भएको थियोे । –रासस