२२ कार्तिक २०८३, आइतबार

यी हुन् पारिजात सम्मान पाउने व्यक्तित्वहरु

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ वैशाख । पारिजात स्मृति केन्द्रले पारिजात सम्मान (२०७५) को घोषणा गरेको छ । प्रसिद्ध साहित्यकार पारिजातको २४औँ स्मृति दिवसका अवसरमा केन्द्रले बुधबार यहाँ आयोजना गरेको एक कार्यक्रममा सम्मान पाउने महानुभावहरुको घोषणा गरेको हो ।

पारिजात सिर्जना सम्मानबाट समालोचक डिआर पोखरेल, पारिजात संघर्षशील नारी सम्मानबाट महिला नेत्री अष्टलक्ष्मी शाक्य, पारिजात कला सम्मानबाट शान्तकुमार राई (मरणोपरान्त) र पारिजात बाल साहित्य सम्मानबाट प्रभात सापकोटा सम्मानित हुनुहुने छ ।

कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पारिजात सशक्त लेखक भएको र उहाँको बहुआयामिक व्यक्तित्व सम्मान गर्न लायक भएको बताउनुभयो । –रासस