
काठमाडौँ, ५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको अध्यक्षमा मधु अधिकारी मनोनित भएका छन् ।
जिल्ला अध्यक्ष गणेश थापाले राजीनामा दिएपछी रिक्त भएको पदमा केन्द्रिय सदस्य समेत रहेका अधिकारिलाई जिम्मेवारी दिईएको हो ।
राप्रपा अध्यक्ष कमल थापाद्वारा हस्ताक्षरित पत्रमा जिल्लाका सम्पूर्ण स्थानीय तहको अधिवेशन गरि जिल्ला परिषद् सम्पन्न गराउन जिम्मेवारी तोकिएको छ । अधिकारी हेटौंडा नगरका पूर्व नगर प्रमुख हुन् ।
जिल्लामा बौद्धिक व्यक्तिको छवि बनाएका उनी पत्र–पत्रिकामा समसामयिक विषयमा कलम समेत चलाउँछन् ।












प्रतिक्रिया