
काठमाडौँ, ५ बैशाख । काठमाडौँका विभिन्न क्षेत्रबाट सार्वजनिक यातायातमा कार्यरत १४ जना बाल श्रमिकहरुको उद्धार गरिएको छ ।
बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ अनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउने नपाइने व्यवस्था छ । सोही अनुरुप बुधबार श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ-संस्थाहरुको सहकार्यमा काठमाडौं उपत्यकामा सञ्चालित बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधन लगायतमा बालश्रम रहित बनाउने अभियान सुरु गरिएको छ ।
श्रम कार्यालय बागमतीका कार्यालय प्रमुख उदय कुमार गुप्ताको नेतृत्वमा सुरु गरिएको अभियानबाट पहिलो दिन १८४ वटा गाडीको अनुगमन गरि सचेतना मुलक स्टिकर टाँसिएको छ भने अनुगमनका क्रममा उक्त सवारी साधनहरुबाट सह–चालकका रुपमा कार्यरत १६ वर्ष मूनिका १४ जना बालकलाई उद्दार गरिएको छ ।
उनीहरुको संरक्षण तथा उचित व्यवस्थापनका लागि संस्थामा पठाईएको छ । अभियानलाई निरन्तरता दिइने केन्द्रीय बालकल्याण समितिले जनाएको छ ।












प्रतिक्रिया