
हेटौँडा, ५ बैशाख । सरकारले सुरु गरेको विद्यार्थी भर्ना अभियान अन्र्तगत मकवानपुरका प्रतिनिधिसभा सांसदहरु कृष्णप्रसाद दाहल तथा बिरोध खतिवडाले अभिभावक बनेर विद्यार्थीको भर्ना गरेका छन् ।
दाहालले बुधबार प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ मा रहेको बालज्योति मावि तथा खतिवडाले प्रतिनिधिसभा क्षेत्र नंबर ३ अन्र्तगत मनहरी गाउँपालिकामा रहेको महेन्द्रकिरण माविमा पुगेर विद्यार्थीको भर्ना गरेका हुन् ।
दाहालले बालज्योतिमा ययुव राई तथा खतिवडाले महेन्द्र किरणमा विश्वास थोक्राको अभिभाकत्व ग्रहण गरेका हुन् । दाहाल र खतिवडा दुबैजनाले उनीहरुको लागि एक वर्षको स्टेस्नरी सहित पोशाक उपलब्ध गराएका छन् ।












प्रतिक्रिया