२२ कार्तिक २०८३, आइतबार

नगर विवादले विकासका काम ठप्प

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


डोल्पा, ४ बैशाख । डोल्पाको सदरमुकाम दुनैको स्थानीय तह ठुलीभेरी नगरपालिकाको केन्द्र विवाद समाधान नहुँदा नगरपालिका वडा नं. ३ दुनैका कुनै पनि विकासका काम हुन सकेका छैनन् । ठुलीभेरी नगरपालिकाको केन्द्र रहेको यस नगरपालिकाको वडा नं. ३ दुनैमा रहेको अस्थायी केन्द्रलाई राजपत्रमा प्रकाशन गरी जुफाल कायम गरिए पछि यस वडाका विकास निर्माणका योजनाहरु कुनै पनि अगाडि बढ्न सकेका छैनन् ।

डोल्पो क्याम्पस, हरियाली योजना, सडक लगायतका विभिन्न योजनाहरु पास भएको भए पनि सुरुमा वडा अध्यक्ष अर्णबहादुर न्यौपानेले आफ्नो पार्टीका मान्छेलाई मात्र निर्माण उपभोक्ता समितिमा राखेको र आफ्नो पार्टीलाई पाखा लगाएको भन्दै एमालेका नेता कार्यकर्ताहरुले विरोध गरेकाले सम्झौता समेत हुन नसकेको अवस्थामा फागुन १४ गतेको राजपत्रमा प्रकाशित सूचनाबाट कुनैको अस्थायी केन्द्रलाई जुफालमा कायम गरिएपछि नगर प्रमुख र दुनैवासिहरुका बीचमा दुरि बढेकाले हालसम्म कुनै पनि योजनाको सम्झौता हुन नसकेको वडा सचित धर्म शाहीले बताए ।

साविकको दुनै र रह गाविसमा विनियोजन गरिएको बजेट अनुसारका योजनाहरु मध्ये वडा नं. ३ तल्लो दुनै, मेहलसेरा र उपल्लो दुनै गाउँका स्थानीयहरुको माग अनुसारका ७ वटा विभिन्न योजनाहरु नगर परिषदले पास गरेको थियो । बजेट समेत विनियोजन भैसकेका यी योजनाहरु तेस्रो चौमासिकको पहिलो महिना वितिसक्दा पनि कुनै पनि योजनाको निर्माण सुरु त के सम्झौता समेत हालसम्म नभएको नगर कार्यपालिकाका सदस्य हरिप्रसाद डाँगीले बताए ।

सुरुमा उपभोक्ता समिति गठनमा विवाद, त्यस पछि वडा अध्यक्षले उपभोक्ता समितिको विवाद सुल्झाउनतिर नलागेर काठमाण्डौं बसिराखेकाले र अहिले आएर नगरपालिकाको केन्द्र विवादले गर्दा कुनै पनि योजनाको सम्झौता नै नभएकाले यस वडाका विकासका काम सबै प्रभावित भएको ठुलीभेरी नगरपालिकाका लेखा अधिकृत सन्तोष खड्काले बताए ।

योजना सम्पन्न गर्नका लागि निर्विवादित निर्माण उपभोक्ता समितिहरु गठन गर्नु पर्नेमा वडा नं. ३ का वडा अध्यक्षले त्यही पनि गर्न नसकेको र उपभोक्ता समिति गठन गरी सम्झौतातिर लाग्नु पर्नेमा त्यता नलागि नगर विवादतिर लागेको र यो वडाको विकासका काममा वाधा वडाकै स्थानीयले गरिरहेको आरोप नगरपालिकाको छ ।