२२ कार्तिक २०८३, आइतबार

उदयरपुरमा जथाभावी कार्यक्रम गर्न नपाईने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


गाईघाट, ४ बैशाख । स्थानीय प्रशासनले राजनीतिक दल, भ्रातसंगठन र अन्य संघ संस्थाका कार्यक्रमहरुलाई व्यवस्थित गर्न कार्यक्रम स्थल तय गरेको छ । जथाभावी गरिने कार्यक्रमले नगर र बजार क्षेत्रको सौन्दर्यता कुरुप बन्न थालेपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।

त्यति मात्र नभई जथाभावी आयोजना गरिने आमसभा र बिरोधसभाले सवारी आवागमन अस्तव्यस्त हुनुका साथै सर्वसाधरणको दैनिकीमा समेत प्रत्यक्ष असर पुग्न थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले स्थान तोकेको हो ।

स्थानीय प्रशासनले त्रियुगा नगरपालिका क्षेत्रभित्र २ ठाउँ र कटारी नगरपालिकामा १ ठाउँ तोकेको छ । बाँकी स्थानमा आवश्यकता र औचित्यका आधारमा तोकिने जनाइएको छ ।

त्रियुगा नगरपालिका क्षेत्रमा वडा नम्बर ११ स्थित पिपलचौकदेखि दक्षिण मेनचौकभन्दा २० मिटर उत्तरतर्फको भागमा यातायात सञ्चालनमा बाधा नपुग्ने गरी र त्रिनपा १३ स्थित थरुहट रङशालामा कार्यक्रम गर्न पाउने गरी व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीले जानकारी दिए ।