३१ आश्विन २०८३, शनिबार

अमेरिकामा नेपाल डे परेड सम्पन्न

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो । कोलोराडो रक्की माउण्टेन फ्रेन्डस अफ नेपालको आयोजनामा “नेपाल डे परेड २०७५” कोलोराडो राज्यको बोल्डर सहरमा सम्पन्न भएको छ ।

हेल्पिङ ह्याण्डको सहयोगमा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावासका इकोमोनीक काउन्सिलर कैलाश पोखरेलको उपस्थिति रहेको थियो ।

वरिष्ठ गायक प्रकाश श्रेष्ठ, नेपाली पप गायक सन्जिब प्रधान, आ–आफ्नो संस्थाको ब्यानरमा स्थानीय सङ्घ संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी, पत्रकार, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा नेपालीहरूले नेपाल र अमेरिकाको झण्डा, ह्याप्पी न्यु यियर लेखेको प्लेकार्ड ब्यानर बोकी नेपाली सङ्गीतमा गीत गाउँदै हर्सोउल्लास तथा मनोरञ्जनका साथ नगर परिक्रमा गरेका थिए । बोल्डरको ब्यान्डसेलबाट सुरु भएको परेडमा सहभागी नेपालीहरू दौरा सुरुवाल, ढाका टोपी, साडी चोलो लगाएर आएका थिए भने, कोही आफ्नो जातीय भेष भूषा संस्कृति झल्कने पहिरहन लगाएर पनि आएका थिए ।

अमेरिकाको कोलोराडो राज्यको सुन्दर सहर बोल्डरको अति व्यस्त बजार बिचको सडकमा नेपाली पहिचान झल्कने भेश भूषा तथा नेपाल र अमेरिकाको राष्ट्रिय झण्डा सहित नेपाली बाजा गजाहरुका साथमा प्रदर्शन भएको देख्दा हामी नेपालीहरू मात्र नभएर प्रशस्त विदेशी मूलका नागरिकहरू पनि प्रफुलित देखिन्थे । नगर परिक्रमा गर्नु अगाडी स्थानीय सङ्घ संस्था अध्यक्षहरूले आफ्नो परिचय दिएका थिए ।

प्रमुख अथिती पोखरेलले बिआरटीसंग कुरा गर्दै नेपाल र नेपालीको शिर उच्चा पार्ने यस्तो महत्त्वपूर्ण तथा सुन्दर कार्यक्रममा सहभागी हुनपाएकोमा आफू धेरै हर्षित भएको बताएका छन् ।

नेपालीहरूको यस्तो रमाइलो र महत्त्वपूर्ण कार्यक्रममा आफू उपस्थित हुन पाउँदा गौरवान्वित महसुस गरेको छु भन्छन् गायक सन्जिब प्रधान । आयोजक संस्थाका अध्यक्ष विनोद त्रीपाठीले नेपाल र नेपालीको पहिचाहन दिने यस कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिए ।

कोलोराडो स्थित बोल्डर सिटी एण्ड काउन्टिको कार्यालयले सन् २००४ देखि हरेक वर्ष अप्रिल महिनाको तेस्रो आइतबार नेपालीहरूको नयाँ वर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयोजना गर्न थालिएको हो । नेपालीहरूको दिवस भनेर अमेरिकी सरकारबाट स्वीकृत भएको यो पहिलो सुचीकृत कार्यक्रम हो ।