
बाँके, ३ बैशाख । प्रहरीले बाँकेमा कटुवा पेस्तोल र त्यसको तीन राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।
जानकी गाउँपालिका–४ बस्ने ३६ बर्षीय प्रमोद कुमार मारले भे.३प४३४ नम्बरको मोटरसाइकलमा हतियार ल्याउँदै गरेको सूचना प्राप्त हुनासाथ संघीय प्रहरी ईकाई कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले आइतबार नेपालगंज उपमहानगरपालिका–२० मनकामना ग्याँस उधोग नजिकबाट हतियारसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।












प्रतिक्रिया