पाल्पा, २ वैशाख । कालीगण्डकी नदीमा शनिबार बेपत्ता भएका युवकको शव आइतबार फेला परेको छ ।
नयाँ वर्षको अवसरमा नुहाउन गएका रिब्दिकोट गाउँपालिका–३ हार्थोकका १८ वर्षीय आयुष खनालको शव आइतबार फेला परेको हो ।
उनी पाल्पाको रानीमहल नजिकैबाट कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । बगेको स्थानबाट करिब दुई सय मिटर टाढा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खनालसँगै नदीमा बेपत्ता भएका सोही ठाउँका १८ वर्षीय संगम कार्की अझै फेला परेका छैनन् । –रासस












प्रतिक्रिया