२२ कार्तिक २०८३, आइतबार

खाल्डोमा डुबेर बालकको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २ वैशाख । मोरङको रतुवामाई नगरपालिका–२ मा आइतबार खाल्डोमा जमेको पानीमा डुबेर छ वर्षीय बालक आवेदसिंह गनगाईको मृत्यु भएको छ ।

घर नजिकैको खाल्डोमा खेल्न निस्केका उनलाई स्थानीयवासीले खाल्डोमा डुबेको देखेपछि उपचारका लागि झुर्कियास्थित स्वास्थ्य केन्द्रमा पुर्‍याइएको प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । उनलाई चिकित्सकले मृत घोषित गरेको थियो । –रासस