
काठमाडौँ, २ बैशाख । सार्वजानिक स्थानहरुमा किशोरी तथा महिलाहरुमाथि हुने हिंसा र दुव्र्यवहार अन्त्यका लागि युवाहरुले सरकारसँग माग गरेका छन ।
लैङ्गिक हिंसा अन्त्य गर, महिलाहरुको शरीर सार्वानिक स्थल होईन, महिला दुव्र्यवहार अन्त्य गर, बलात्कृत हुन महिला सडकमा हिडेका होईनन, समाजले बलात्कृत नहुनु भन्ने सिकाउँछ तर, बलात्कार नगर्नु भन्ने सिकाउँदैन भन्ने नाराका साथ आइतबार काठमाडौँको माइतिघर मण्डलामा युथ एड्भोकेसी नेपाल, होम नेट नेपाल, एक्सन एड नेपाल, महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मंच र फिमेल युथ नेपालले आयोजना गरेको १ घण्टे ‘सडक दुव्र्यवहार र हिंसा विरुद्धको प्रर्दशन’मा उक्त माग गरेको हुन ।
सार्वजानिक स्थलहरुमा भएका दुव्र्यहार र हिंसाहरु गम्भीर मानवअधिकार उल्लंघन भएकोले यसको अन्त्यका लागि युवाहरुले निरन्तर खवरदारी गर्नु पर्ने प्रर्दशनका संयोजक तथा युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले बताए ।












प्रतिक्रिया