२२ कार्तिक २०८३, आइतबार

लागूऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १ बैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ बाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा गएको इलाका प्रहरी कार्यालय झलारीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा शुक्लाफाँटा नगरपालिका–११ का २० वर्षीय राकेश रावल र वर्ष २० कै आकाश भण्डारी रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक मोहन बहादुर साउदले जानकारी दिए । उनीहरुको साथबाट मेट्राभेट २५ पत्ता (७ सय ५० ट्यावलेट) बरामद गरिएको छ । म १ प २४० नम्बरको मोटरसाईकलमा बेलौरीबाट आउँदै गरेका उनीहरुको खान तलासी गर्दा उक्त परिणामको लागुऔषत भेटिएको हो ।

पक्राउ परेका दुवै जना ईलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि लागुऔषध ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।