२२ कार्तिक २०८३, आइतबार

त्रिशुलीमा ट्रक खस्दा दुई घाइते

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १ वैशाख । वीरगञ्जबाट काठमाडौ तर्फ जाँदै गरेको ना ५ ख ८९७९ नम्बरको ट्रक शनिबार बिहान त्रिशुली नदीमा खस्दा दुई जना घाईते भएका छन् ।

ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ को चार किलो भन्ने स्थानमा ट्रक सडकबाट ५०० मिटर तल नदीमा झरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईते हुनेमा ट्रकका चालक र सहचालक रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतेको नाम, थर खुल्न सकेको छैन ।

बिहान करीब ४ बजेको समयमा सडकबाट ट्रक खसेको प्रहरीले देखे पछि उनीहरुको उद्धार गरि उपचारका लागि भरतपुर ल्याईएको हो । ट्रकलाई नदीबाट बाहिर निकाल्ने प्रयास भईरहेको छ । –रासस