भर्जिनिया । अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा परी २६ वर्षीय नेपाली युवा राघव रिजालको निधन भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाल र महासचिव भुप नारायण घर्तीमगरले शोक विज्ञप्ति प्रकाशित गर्दै राघबको दुर्घटनामा निधन भएको खबरले आफूहरू स्तब्ध भएको बताएका छन् ।
स्व.रिजाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीका सदस्य एवम् कवि दुर्गा रिजालका कान्छा छोरा हुन् ।















प्रतिक्रिया