२२ कार्तिक २०८३, आइतबार

ट्रयाक्टरबाट खस्दा छ वर्षीय बालकको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भीमदत्तनगर, ३० चैत । कञ्चनपुरको भीमदत्तनगरपालिका–१ मा बुबाले चलाएको ट्रयाक्टरबाट खस्दा घाइते भएका छोराको शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

भीमदत्तनगरपालिका–१ का चालक टेक साउद खेत जोतिरहेका बेला ट्रयाक्टरमा सवार ६ वर्षीय विकास साउद लडेर घाइते भई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बुबा टेक साउदले चलाएको ट्र्याक्टरबाट लडेर ६ वर्षीय विकास घाइते भएको प्रहरीले जनाएको छ । बालकको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको हो । –रासस