काठमाडौँ, २९ चैत । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले नयाँ वर्ष २०७५ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । विगतका वर्षहरुमा जस्तै २०७५ सालको क्यालेण्डरका तस्वीरहरु पनि पेन्सील स्केचद्वारा तयार पारिएका छन् ।
नयाँ वर्ष २०७५ को क्यालेण्डरको थीम नेपाली नृत्यहरु राखिएको बैंककी प्रवक्ता बन्दना पाठकले जानकारी दिइन् । उक्त क्यालेण्डरमा नेपालको पूर्वदेखि सुदूर पश्चिम र हिमालदेखि तराई भूभागका विभिन्न जातजातिहरुको मौलिकता झल्कीने नृत्यहरु प्रस्तुत गरिएको उनको भनाइ छ ।















प्रतिक्रिया