५ कार्तिक २०८३, बिहिबार

लक्ष्मी बैंकद्धारा पोखरामा वृक्षारोपण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २९ गते । लक्ष्मी बैंकको पोखरा औधोगिक क्षेत्र शाखाले आफ्नो ११ वर्ष पूरा गरेको अवसरमा वृक्षारोपण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्त पोखरा औधोगिक क्षेत्र परीसरमा वृक्षारोपण गरेको हो । उक्त कार्यमा पोखरा औधोगिक क्षेत्र उद्योग संगठनका अध्यक्ष लगायत पदाधिकारी, पोखरा औधोगिक क्षेत्र व्यवस्थापन विभाग कार्यलय प्रमुख, लक्ष्मी बैंक पोखरा औद्योगिक क्षेत्र, न्युरोड र चिप्लेढुङ्गा शाखाका शाखा प्रमुख लगायत अन्य कर्माचारीहरुले वृक्षारोपण गरेका थिए ।

अब, लक्ष्मी बैंकको शाखा संजाल ४१ जिल्लामा ७८ शाखा, ३ हस्पिटल सेवा काउन्टर, ९९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।