
-मिना बुढाथोकी
सल्यान, २८ चैत । सल्यानमा निरन्तर रुपमा सूचना सन्देश तथा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका तीनवटा रेडियो बन्द भएका छन् । गत चैत २२ गते राती परेको चट्याङले उपकरण तथा औजारहरुमा क्षति पुर्याएपछि प्रारण सेवा अवरुद्ध भएको हो । अहिले जिल्लाका रेडियो राप्ती, रेडियो तहल्का र रेडियो सल्यान बन्द भएका छन् ।
भौगौलिक रुपले विकट मानिएकबो सल्यानमा संचालित तीनवटा रेडियो स्टेशन पूर्ण रुपमा बन्द हुँदा नागरिकहरु सूचनाको पहुँचबाट बञ्चित भएका छन् । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १४ माल्नेटाका खुम बहादुर गिरिले विगत एक हप्ता देखी आफू सञ्चार सेवाविहिन भएको बताए ।
‘यहाँको भरपर्दो सञ्चारको साधन भनेकै एफ एम रेडियो हो, रेडियोनै बन्द हुँदा सूचना तथा समाचार बाट टाढा भएका छौँ’, उनले भने, ‘मोबाईल प्रयोगकर्ताहरुको संख्या धेरै भएपनि यहाँको लोकप्रिय साधन भनेकै रेडियो हो, स्थानीय तथा राष्ट्रिय स्तरमा हुने हरेक गतिविधिहरु छिटो, छरितो र निष्पक्ष रुपमा हामी सम्म पुर्याउने माध्यमनै बन्द हुँदा हाल भइरहेका गतिविधका बारेमा जानकारी लिनबाट वन्चित भएक छौँ ।’
हावाहुरी र असिना पानी सँगै परेको चट्याङले रेडियो राप्ती एफएमको प्रशारण सामाग्री युपियसमा क्षती पु¥याएको रेडियोका स्टेशन म्यानेजर रमेश कुमार गौतमले बताए । यस्तै रेडियो तहल्काका स्टेशन म्यानेजर डिल्लीराज रावतले रेडियोको ट्रांसमिटर तथा एक थान कम्पयुटरमा चट्यांगले गर्दा क्षति पुगेको बताए ।












प्रतिक्रिया