५ कार्तिक २०८३, बिहिबार

अग्नि इनर्जीको कुपन्डोलमा अत्याधुनिक सर्भिस स्टेसन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, चैत २६ । भारतको महिन्द्रा गु्रुप तथा विद्युतीय सवारी साधन निर्माणमा अग्रणी कम्पनीको एक हिस्सेदार संस्था महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको विद्युतीय गाडी तथा जेनेरेटरको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्ना विद्युतीय गाडीहरुको लागि ललितपुरको कुपन्डोलमा सर्भिस स्टेसनको प्रारम्भ गरेको छ ।

सर्भिस स्टेसनको समुद्घाटन नेपाली टाइम्सका संस्थापक सम्पादक कुन्दन दिक्षितले गरे । उनी महिन्द्रा E2O को पहिलो नेपाली ग्राहक पनि हुन् ।

कुपन्डोलमा स्थापना गरिएको यस स्टेसनबाट विद्युतीय गाडीहरुको सर्भिस, पि डि आई ( प्रि डेलिभरी इन्स्पेक्शन) पनि गरिने छ । साथै यस सेन्टरबाट विद्युतीय गाडीको स्पेयर पार्ट बिक्री तथा सर्भिसिङ्ग गरिन्छ भने ग्राहक समक्ष गाडी पुर्‍याउनु पूर्व नै गाडी पूर्ण रुपमा गुणस्तरयुक्त छ भनि सुनिश्चितता पि डि आइले प्रदान गर्दछ ।

यस सेन्टरबाट केभिन इन्भर्टर, कन्स्ट्यान्ट व्याट्रि तथा महिन्द्रा पावरवल जेनेरेटरको सर्भिस तथा त्यससँग सम्बन्धित स्पेयर पार्टहरु सुलभ मूल्यमा प्राप्त गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको छ ।