
नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशनको उद्घाटन गर्दै उनले विशेषगरी समाजमा पिछडिएका महिलाको सशक्तिकरण र आर्थिक विकासका लागि नेपाल रेडक्रसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
मन्त्री थापाले आफ्नो विधान संशोधन गर्दा नेपाल रेडक्रसले आफूलाई महिला मैत्री बनाउनुपर्ने बताउँदै महिलामाथि हुने हिंसा, छाउपडी, बालविवाह, बोक्सी र दहेज प्रथा अन्त्य गर्न कार्यमा यो संस्थाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ भनिन् । महिला हिंसामा संलग्न हुनेलाई सदस्यता नदिन नेपाल रेडक्रसलाई उनले आग्रह पनि गरिन् ।
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले रगतको कमीले ग्रामीण क्षेत्रमा हुने अकाल मृत्युलाई रोक्न रेडक्रसले त्यस क्षेत्रमा रक्तसञ्चार केन्द्र सञ्चालन गर्नुपर्ने बताए । राष्ट्रिय समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बरालले २१ औँ शताब्दी सुहाउँदो कार्य रेडक्रसले गर्नुपर्ने बताए ।
महाधिवेशनमा मुलुकभरिबाट २७५ जना रेडक्रसकर्मीलगायत विभिन्न मन्त्रालय, समाज कल्याण परिषद्, रेडक्रस अन्तर्राष्ट्रिय समिति र अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधि गरी ३०० जनाभन्दा बढीको सहभागिता छ । महाधिवेशन दुई दिनसम्म सञ्चालन हुनेछ । –रासस












प्रतिक्रिया