
काठमाडौं, २८ चैत । प्रहरीले राजश्व छलेर ल्याएका १ सय १२ थान मोबाइलसहित चार जनालाई पक्राउ गरेको छ । भारतबाट काठमाडौँतर्फ आउदै गरेको बा.५ख १२३५ नम्बरको बसबाट बिभिन्न ब्राण्डका राजश्व छली ल्याएका मोबाइलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
बसका चालकहरु रामेछाप घर भई काठमाडौँ बालाजु बस्ने ४४ बर्षीय कृष्ण थापामगर, सिन्धुली कमलामाई घर भई बालाजु बस्ने २४ वर्षीय भुवन बहादुर भुजेल, सहचालक दोलखा मेलुङ्गा घर भई चावहिल बस्ने ५६ वर्षीय हरी बहादुर श्रेष्ठ र संखुवासभा घर भई पुतलीसडक बस्ने ६१ बर्षीय तिलक श्रेष्ठलाई पक्राउ गरेको हो ।
बसमा राजस्व छली मोवाइल ल्याएको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले मंगलबार बस चेक गर्दा मोबाइल बरामद गरेको थियो ।
अनुसन्धानको क्रममा प्रहरीले संखुवासभा धर्मदेवी घर भई पुतलीसडक बस्ने ५२ बर्षीया सुमिता श्रेष्ठले समेत डेरा कोठामा लुकाई राखेको १८ थान मोबाइल सहित पक्राउ गरेको छ ।












प्रतिक्रिया