५ कार्तिक २०८३, बिहिबार

एनआईसी एशिया र आईएफसीबीच दीर्घकालीन कर्जा सम्झौता

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ चैत । एनआईसी एशिया बैँक लिमिटेड तथा आईएफसीबीच दीर्घकालीन कर्जा लिने दिने सम्बन्धमा कर्जा सम्झौता पत्र आदान प्रदान गरेको भएको छ ।

उक्त कर्जा सम्झौता पत्र आदान प्रदान समारोहमा बैँकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा आईएफसीका तर्फबाट उक्त संस्थाका आवासीय प्रतिनिधि रोहन रशिद सहभागी थिए । दीर्घकालीन कर्जा सापट लिनको लागि बैँकले नियमनकारी निकाय नेपाल राष्ट्र बैँकबाट स्वीकृतिको लागि आवेदन गरिसकेको छ ।

देशमा विद्यमान तरलताको अभावको अवस्था तथा शोधनान्तर खातामा परेको उच्च चाप जस्ता कारणहरुले स्वदेशी बजारबाट मात्र पयाप्त स्रोत परिचालन गरी सरकारले निर्दिष्ट गरेको आर्थिक वृद्धि हासिल गर्नका लागि चाहिने कर्जाको मागलाई पूर्ति गर्न नसकिने वातावरणलाई मध्यनजर गर्दै बैँकले अन्तर्राष्ट्रिय बैँक तथा वित्तीय संस्थाबाट दीर्घकालीन कर्जा लिने सम्बन्धमा पहल गरेको हो ।

दीर्घकालीन कर्जा प्रस्ताव नियमनकारी निकायबाट स्वीकृत भई कर्जा सापटी लिई देशमा परिचालन गर्न सकेको खण्डमा बाह्य क्षेत्रबाट समेत स्रोत संकलन गर्ने तथा परिचालन गर्ने प्रयासमा कोशेढुंगा सावित हुने विश्वास बैँकले लिएको छ ।

कर्जावापत प्राप्त हुने रकम बैँकले आईएफसी तथा नियमनकारी निकाय नेपाल राष्ट्र बैँकले तोकेको क्षेत्रमा लगानी गर्ने र त्यस क्षेत्रमा लगानी वृद्धि हुनाले देशको आर्थिक वृद्धिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास बैँकको छ ।

बैँकले १९२ शाखा कार्यालयहरु, १९५ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखा रहित बैँकिङ मार्फत सेवा प्रदान गरिरहेको छ ।