
काठमाडौँ, २७ चैत । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र रिलायन्स लाईफ ईन्स्योरेन्सबीच बैँक एस्योरेनसमार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरि सम्झौता भएको छ ।
सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट रिलायन्स लाईफ ईन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र रिलायन्स लाईफ ईन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत प्रबीण रमन पराजुलीले संयुक्त रुपमा हस्ताक्षर गरे ।















प्रतिक्रिया