२२ कार्तिक २०८३, आइतबार

छुट्टाछुट्टै दुर्घटनामा एघार घाइते

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २७ चैत । पूर्वी चितवनको राप्ती नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार छुट्टाछुट्टै दुई घटना हुँदा ११ जना घाइते भएका छन् ।

तीमध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका– ३ झुरझुरेमा पूर्वतर्फ जाँदै गरेको लु १ ख ८९४६ नं को बसले विपरीत दिशातर्फ आउँदै गरेको ना ५३ प ७८३१ नं को मोटरसाइकललाई बिहान ठक्कर दिएको थियो । चालक मकवानपुर, मनहरिका २५ वर्षीय मंगलसिंह तामाङ र सोही ठाउँका मोटरसाइकल पछाडि सवार २० वर्षीय संजोग तामाङ गम्भीर घाइते भएकामा पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

सोही ठाउँ नजिकै मंगलबार बिहान नारायणगढतर्फ आउँदै गरेको बा ३ ख ७३८६ नं को यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिँदा नौजना घाइते भएका थिए । –रासस