
काठमाडौँ, २७ चैत । संयुक्त विद्यार्थी संगठनले नीजि शैक्षिक संस्थाहरुले अशुलिरहेको चर्काे शुल्क विरुद्ध स्थानीय तहलाई ध्यानाकर्षण गराउँदैछन् ।
माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी संविधानतः स्थानीय तहलाई भएकाले शिक्षाको गुणस्तरीयता वृद्धि र नीजि शैक्षिक संस्थाहरुको शुल्क आतंकलाई नियन्त्रण गर्न देशैभरका स्थानीय तहमा ध्यानाकर्षणपत्र बुझाउन लागिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।
देशका सात सय ५३ वटै स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षपत्र बुझाइनेछ । मंगलबार (आज) पौने १२ बजे काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई ध्यानाकर्षणपत्र बुझाएर यसको शुरुवात गरिने सचिव लामिछानेले जानकारी दिएका छन् ।
संयुक्त विद्यार्थी संगठनले नीजि विद्यालयले अशुली रहेको चर्काे शुल्कविरुद्ध आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको छ ।












प्रतिक्रिया