
काठमाडौं, २६ चैत । डोल्पाको ठूलीभेरी नगरपालिकाका पदाधिकारीहरुले नगपरपालिकाका प्रमुख गणेशबहादुर शाही तथा प्रमुख प्रशासकिय अधिकृतको मिलोमतोवाट जालसाँची गरि केन्द्र सारेको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले उक्त दुषित निर्णय तत्काल सच्याउनको लागि चेतावनी समेत दिएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन नगरपालिकाका उपप्रमुख योगेन्द्रबहादुर शाहीले नगरपालिकाको प्रथम बैठकमा निर्णय नभएका विद्येयकहरु निर्णयुपुस्तिकामा लेखिएको, प्रस्तावमै नआएको, छलफल नै नभएको केन्द्र जुफाल सार्ने निर्णय गलत, जालसाजी गरेर गराईएको आरोप लगाए । उनले भने, ‘हामीलाई थाहै नदिईकन गराईएको यो निर्णय खारेज हुनुपर्छ, हामी नगरवासीहरु आजको दिनसम्म आन्दोलित नै छौं ।’
उनीहरुद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘डोल्पाजस्तो अति दुर्गम र पिछडिएको जिल्लामा पनि नगरपालिकाको संरचना तयार भई जिल्लाको सदरमुकाम दुनैलाई केन्द्रविन्दु वनाएर ठूलीभेरी नगरपालिका गठन भयो । मुलुकलाई संघीयतामा ढाल्न पुर्नसंरचना गरियो जसमा जिल्लाको सदरमुकाम जहाँ कानुन वमोजिमको शर्त र सुविधा पुरा गरेको आधारमा नगरपालिका घोषणा गर्ने र त्यस्तो सुविधा, शर्त, मापदण्ड र भौतिक पुर्वाधार पुरा गरेको नगरलाई केन्द्र तोक्ने राज्य पुर्नसंरचना आयोगको निर्णय वमोजिम ठूलीभेरी नगरपालिकाको केन्द्र दुनै तोकिएको हो ।’
स्थानिय तहको निर्वाचनको पहिलो चरणमा उत्तः नगरपालिकाको प्रथम नगरसभा २०७४/०३/३० र ३१ गते सम्पन्न भएको जानकारी दिँदै उपप्रमुख शाहीले भने, ‘प्रथम नगरसभामा नगरको नीति तथा कार्यक्रम–२०७४, आर्थिक विधेयक–२०७४, पदाधिकारीहरुको आचारसंहिता–२०७४ एवं वार्षिक वजेट पारित भएको हो । तर २०७४/११/१४ गते दुनै केन्द्र जुफाल सारिएको भन्ने नेपाल सरकारको निर्णय राजपत्रमा प्रकाशित भए पश्चात् स्थितिले गम्भिर मोड लिएको हो ।’












प्रतिक्रिया