५ कार्तिक २०८३, बिहिबार

समृद्धिका लागि सहकारीलाई प्रवर्द्धन गर्छौ : नगरप्रमुख महर्जन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २६ चैत । किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले नगरपालिकाको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि सहकारी क्षेत्रसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

जनतालाई आत्मनिर्भर बनाई दिगोे विकासका लागि सहकारी उपयुक्त र प्रभावकारी माध्यम भएको भन्दै उनले सहकारीको विकासका लागि नगरपालिकाले प्रभावकारी काम गर्ने बताए । उनले नगरपालिकाले सहकारीलाई प्रवद्र्धनका लागि सहकारीमैत्री ऐन कानुन निर्माण गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रिय सहकारी बैँको किर्तिपुरस्थित शाखाको उद्घाटन गर्दै उनले सहकारी आर्थिक विकास र सामाजिक रुपान्तरण महत्वपूर्ण माध्यम भएकाले यसको सेवालाई प्रभावकारी बनाउन सहकारीहरुले ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा सहकारी तथा गरिवी निवारण मन्त्रालयका उपसचिव उपेन्द्रबहादुर ढुंगानाले सहकारीमा स्थानीय तहको भूमिका विषयक अवधारणा प्रस्तुत गरे । उनले संघीय संरचना अनुसार सहकारीको दर्ता, नियमन र प्रवद्र्धनका काम अब स्थानीय तहले गर्ने भएकाले सहकारीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि स्थानीय सरकार गम्भीर बन्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले सहकारीहरुको प्रवद्र्धन र विकासका लागि बैंक सदैव क्रियाशिल रहेको बताए ।