२२ कार्तिक २०८३, आइतबार

फोहर पानीको प्रशोधन जरुरी : वनमन्त्री शक्ति बस्नेत

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कठमाडौं, २६ चैत । वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले हरेक नागरिकको स्वच्छ वातावरणमा बस्न पाउने संवैधानिक अधिकारको संरुक्षण र प्रत्याभूतिको लागि पनि फोहर पानी र ढलको समुचित प्रशोधन र व्यवस्थापन आवश्यक भएको बताएका छन् ।

नेपालमा फोहर पानी प्रशोधनको विकेन्द्रीत मार्गचित्र : दक्षिण एशियाली अनुभवबाट सिकाई विषयक एकदिवसीय अन्तराष्ट्रिय गोष्ठीको सोमबार काठमाडौमा उद्घाटन गर्दै उनले पानीको अभावलाई पूर्ति गर्ने, वातावरण स्वच्छ पार्ने र सफा पानीको स्रोतलाई जोगाउनका लागि पनि फोहर पानीको प्रशोधन अनिवार्य भएको बताए ।

उनले सन २०३० सम्म संयुक्त राष्ट्र संघद्धारा निर्धारित दिगो विकासका लक्ष्यहरु प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरेको हुनाले नेपाललै सरसफाईको क्षेत्रमा विशेष तयारीका साथ काम गर्नुपर्ने पनि बताए ।

कानूनी व्यवस्था, उपयुक्त संरचनाको निर्माण, व्यवस्थापकीय पक्षहरुलाई संबोधन गर्दै सबै तहका सरकारको सक्रियता र समन्वयमा स्वच्छ वातावरणमा बस्न र बाच्न पाउने नेपाली नागरिकको अधिकारको प्रत्याभूति गरिने पनि मन्त्री बस्नेतले बताए ।

मन्त्री बस्नेतले घर, परिवार, टोल, समुदाय, गाउँ र नगरलाई स्वच्छ र सफा राख्नका लागि व्यक्ति, घर, परिवारले गर्न हुने र नहुने कामको बारेमा पनि गोष्ठीले सुझाव संकलन गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पूर्व मन्त्री गणेश शाहले फोहरलाई पनि स्रोतको रुपमा प्रयोग गर्न सकिने वताउदै भने, ‘हरेक प्रकारको फोहर मोहरमा बदल्न सकिन्छ ।’ पूर्वमन्त्री साहले स्वच्छ र सफा पानीको ऐन ल्याएमा कार्यान्वयनलाई सघाउ पुग्ने सुझाव दिए ।