
काठमाडौँ, २६ चैत । प्ररहीले काठमाडौँमा २ केजी गाँजासहित २ जनलाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–७ गौरीघाट डेरा गरी बस्ने रामेछाप बिगुलकोट–४ घर भएका २२ बर्षीय मिलन सुनुवार र सोलु घर भएका २४ बर्षीय मुगाधन राई पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले आइतबार सुनुवारको कोठा तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद भएको थियो । घटनाका विषयमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया