२२ कार्तिक २०८३, आइतबार

ढुंगाले लागेर रुकुममा एकजनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रुकुम, २६ चैत । चौरजहारी नगरपालिका–९ स्थित ढुंगेखानीमा काम गरिरहेका स्थानीयवासी ४३ वर्षीय इन्द्र मल्लको आज बिहान ढुंगाले लागेर मृत्यु भएको छ ।

खानीमा काम गरिरहेको बेला माथिबाट खसेको ढुंगाले आइतबार टाउकामा चोट लाग्दा गम्भीर घाइते हुन पुगेको मल्ललाई चौरजहारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमा नै आज मृत्यु भएको जिल्ला प्रहरी प्रमुख राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । –रासस