२२ कार्तिक २०८३, आइतबार

सदरमुकाम चैनपुरमा सार्वजनिक शौैचालय नहुँदा समस्या

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– टेकेन्द्र बोहरा
बझाङ, २६ चैत । बझाङको प्रमुख ब्यापारिक केन्द्र मानिने सदरमुकाम चैनपुरमा सार्वजनिक सैचालय नहुदा शौच गर्न समस्या भएको छ ।

चार बर्ष अघि मात्र खुल्ला दिसा मुक्त भई सकेको बझाङको मुख्य बजार मानिने क्षेत्रमै शौचालय नहुनु लाजमर्दो कुरा भएको नागरीक समाजका अगुवा धर्मजङ सिहले बताउनुभयो ।

जिल्लाकै मुटु मानिने बजारमा सार्वजनिक शौचालय नभए पछि अहिले सदरमुकाम चैनपुर दिनप्रतिदिन दुर्गन्धीत बन्दै गएको छ भने बजार आसपासका ठाँउहरुमा खुला दिसा देखिने गरेको छ ।

सदरमुकाम चैनपुर बजारमामा १२ ओटै स्थानियबासीहरुदैनिक ब्यापार गर्ने मानिसहरुको भिडभाड हुने गरेको छ ।

सार्वजनिक शौचालय नहुदा पुरुष भन्दा महिलालाई बढी समस्या हुने गरेको सुर्मा गाँउपालीकाकी सुनिता बोहराले बताए ।यसवारे जयपृथ्वी नगरपालीका नगरप्रमुख बिरेन्द्र खड्का मैन बसेका छन ।