३१ आश्विन २०८३, शनिबार

पोर्चुगलमा पराजुली दम्पत्ती बिरामी, पतिलाई पक्षघात, श्रीमतीको दुबै मृगौला फेल

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भरतप्रधान

लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएको एक नेपाली दम्पत्ती ठूला रोगले समातेपछि बिचल्लीमा परेका छन् ।

आठ वर्षदेखि पोर्चुगल बस्दै आएका भक्तपुर, सूर्यविनायक नगरपालिका–९, सिपाडोलका ४८ वर्षीय चन्द्रकिशोर पराजुली र उनकी श्रीमती ४६ वर्षीया शर्मिला शाक्य रोगले ग्रसित भएका हुन् । चन्द्रकिशोर एक्कासि पक्षाघात भई देब्रेतर्फको पूरै हर नचल्ने भएपछि दुई महिनादेखि ओछ््यानमै थलिएका छन् । उनकी श्रीमती शर्मिलाको दुवै मिर्गाैला बिग्रेपछि दुई महिनादेखि ओछ््यानमै छिन् ।

गत माघ २६ गते बिहान उठ्न खोज्दा देब्रेतर्फको शरीरको एक हर नचल्ने, मुखबाट ¥याल मात्र बग्ने र बोल्नसमेत नसक्ने भएपछि श्रीमतीले उपचारका लागि तत्काल अस्पताल पु¥याएकी थिइन् । उच्च रक्तचापका कारण पक्षाघात भएका चन्द्रकिशोरलाई १० दिनको उपचारपछि घर फर्काइएको भएपनि ओछ्यानमै थलिनुपरेको छ ।

चिकित्सकको सल्लाहअनुसार चन्द्रकिशोरले दैनिक व्यायाम गर्नुपर्ने र नियमित औषधि सेवन गर्नुपर्ने भएको छ । उपचारपछि बोल्न सक्ने भएपनि उठ्न, बस्न र चल्नसक्ने स्थिति भने छैन ।

यता श्रीमानको औषधोपचार, रेखदेख र स्याहार गरिरहेकी शर्मिलाका श्रीमानलाई अस्पतालबाट ल्याएको केही दिनमै एक्कासि खुट्टा सुनियो । स्वयं ओछ्यानमै थला परेका चन्द्रकिशोरले श्रीमतीको उपचारका लागि अस्पताल पु¥याए । सामान्यखुट्टा सुन्निएकी शर्मिलाको उपचार गर्न अस्पताल लैजाँदा दुवै मिर्गौला बिग्रिएको चिकित्सकले बताए ।

शर्मिलाले भनिन्, ‘दुवै मिर्गाैला फेल भइसकेको कुरा सुन्दा बुढाबुढी नै रोइकराइ ग¥यौं तर हाम्रो रोइकराइ सुनिदिने कसले ? दुवै जना थलिएपछि हाम्रा दिन रोएर नै बित्ने गरेका छन्’, गहभरि आँशु निकाल्दै शर्मिलाले आफ्नो पीडा सुनाउँदै भनिन्, ‘हामी त बेसहारा भयौं, सहारा दिने कोही छैन । जीवन र मृत्युको दोसाँधमा छौंँ हजुर । परदेशको बसाइ, त्यसमाथि श्रीमान् श्रीमती दुवै जनाओछ्यानमा थलिनुपर्दा हाम्रो त बिजोक नै भएको छ ।’ कागजपत्र मिलाएर दुई वर्ष अगाडि मात्र पोर्चुगल आएकी शर्मिलाले छ महिनादेखि सानोतिनो काम समेत गर्दै आएकी थिइन् ।

अहिले शर्मिलाको दुवै मिर्गाैलाको डायलासिस भइरहेको छ भने चन्द्रकिशाोरको उपचार भइरहेको छ । चन्द्रकिशोर दम्पती ओछ्यानमै थला परे पनि पानीसम्म दिने मान्छे साथमा छैनन् । बिरामीको रेखदेख र स्याहार त कताहो कता, बिहान बेलुकीको खानाको जोहोसम्म गरिदिने कोही छैनन् । पराजुली दम्पती राजधानी लिस्बनस्थित आरोइसको एउटा घरको सानो कोठा भाडामा लिएर बस्दै आएको छ ।

दुई छुट्टाछुट्टै ओछ्यानमा थलिएका दम्पतीको दैनिकी एकार्कालाई टुलुटुलु हेरेर बित्ने गरेको छ । आफूहरू दुवै थला परेपछि औषधोपचार र दैनिक छाक टार्न समेत धौ–धौ भएको चन्द्रकिशोरले बताए । मृत्युसँग लडिरहेको चन्द्रकिशोर दम्पतीले सहयोगका लागि याचना गरेको छ । युरोप आउँदा लिएको ऋण चुक्ता गरी धनसम्पत्ति जोड्ने सुनौलो सपना बुनेको दम्पत्तीका एक छोरा छन् ।