२२ कार्तिक २०८३, आइतबार

बाघको आक्रमणबाट एकजना गम्भीर घाइते

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २५ चैत । भरतपुर महानगरपालिका–११ टाइगर तालमा आइतबार दिउँसो बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार स्थानीय ४२ वर्षीय चन्द्रबहादुर भुजेल बाघको आक्रमणबाट गम्भीर घाइते हुनुभएको हो । दिउँसो ३ः३० बजेको समयमा बाघले आक्रमण गरेपछि उपचारका लागि भरतपुर अस्पताल ल्याइए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ ।

भुजेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । माछा मार्ने क्रममा भुजेललाई बाघले आक्रमण गरेको हो । टाइगर ताल मानवबस्ती नजिकै सामुदायिक वनमा पर्छ । –रासस