३१ आश्विन २०८३, शनिबार

कतारमा लमजुङ सेवा समाजले यसरी मनायो नेपाली नयाँ वर्ष

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार, २५ चैत । लमजुङ सेवा समाज कतारले नेपाली नयाँ बर्ष २०७५ सालको आगमनको पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रमका आयोजना गरेको छ । दोहाबाट झन्डै १०० किलोमिटर टाढा रहेको अलसमाल गार्डेनमा भएको सो कार्यक्रम रोजगारीका सिलशिलामा लमजुङबाट कतार आएका नेपालीहरुबीच आपसी माया, प्रेम र सद्भाव अभिबृद्धिका लागी सो कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

सो कार्यक्रममा लमजुङ तथा नेपालका अन्य जिल्लाका मंगल बिक, दिपक कमली, सुजिता दनुवार, प्रमिला तामाङ, डम्बर बिक, दिप हसन्ते, अमृत बिक, मंजिला बिक, जीवन क्षेत्री, गोबिन्द तामाङलगायत थुप्रै थुप्रै स्थानीय कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए । खेलकुद विभाग संयोजक अमर गुरुङ तथा खुसी गुरुङको सयोजकत्वमा मनोरन्जनात्मक खेलकुद कार्यक्रम पनि संचालन गरिएको समाजले जानकारी दिएको छ ।

लमजुङ क्षेत्रको प्रचलित ठेलो खेलमा विजयी हर्क बहादुर गुरुङ, घैटो फुटाई खेलका विजयी शेरजंग गुरुङ, बेलुन फुटाइ तर्फका विजेता गोबिन्द तामाङ र कुर्ची चाल तर्फकी विजयी प्रितिका ढकाल क्षेत्रीलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै समाजले आयोजना गरेका विविध कार्यकममा मेहनेत र लगनशीलताका साथ खटेर सहयोग गर्ने संस्थाका सदस्य एवम् पदाधिकारीहरु प्रसंसा पत्र प्रदान गरिएको थियो ।