
काठमाडौं, २५ चैत । युएस बंगला एयर विमान दुर्घट्नामा निधन भएकाहरुको आत्मा शान्तिको लागि विभिन्न बौद्ध धर्मावालम्वी संघ/संस्थाहरुले विश्व शान्ति पदयात्रा–२०७५ को आयोजना गर्ने भएका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आगामी बैशाख १ गते नयाँ वर्षको अवसरमा विश्व शान्तिको कामना गर्दै शान्तिको सन्देश प्रवाह गर्ने भएका हुन ।
नमो बुद्ध घ्याङ् गुठी, महिला बौद्ध समुह काठमाडौं, थाङ्गु याङ्चेन गोङपा, सेचेङ गोङ्गा र बौद्ध दर्शन अध्ययन अध्यापन केन्द्रको संयूक्त आयोजनामा सम्पन्न हुने उक्त ‘विश्व शान्ति पद यात्रा–२०७५’ को संयोजक राज्यलक्ष्मी शाक्यले सात कुण्डको जल बोधिसत्व वृक्षारोपण गरेर कार्यक्रमको शूरुवात गरिने जानकारी दिईन ।
नमोबुद्ध स्तुपा परिसर काभ्रेमा विहान ८ बजेदेखि शूरु हुने कार्यक्रममा उपस्थितिको लागि आयोजकले आग्रह गरेको छ ।












प्रतिक्रिया