
काठमाडौं, २५ चैत । केन्द्र्रीय सामाजिक परिचालिका संघर्ष/समन्वय समितिकी संयोजक कविता थापाले सामाजिक परिचालिकाको बारेमा सरकार बेखबर बनेको आरोप लगाएकी छिन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा संघर्ष/समन्वय समितिले आयोजना गरेको पत्रकार सम्मेलन गर्दै बोल्दै संयोजक थापाले यस्तो आरोप लगाएकी हुन् । उनले भनिन्, ‘हामी चैत १७ गतेबाट भद्रकालिमा आमरण अनशन बसिरहेका छौँ, हामी अन्यायमा पर्यौँ भनेर रुँदा कराउदा पनि सरकारले सुनेन र अनशन बस्न बाध्य भयौँ, यति गर्दापनि सरकारले कुनै वास्ता गरेको छैन ।’
उनले अघि थपिन, ‘हामीहरु ग्रामीण भेगमा काम गर्ने महिला हौँ, हामीले युद्धको बेलामा पनि सामाजिक परिचालिकाको रुपमा जनताको सेवाको लागि काम गर्यौँ आजको दिनमा पनि गरिरहेका छौँ, २०५६ सालदेखि सामाजिक परिचालिकाको रुपमा काम गर्दै आएका हामी महिलाहरुको शुरुमा १५ सय, बिचमा २ हजार, ३५ सय र आजका दिनमा मासिक पाँचहजार तलव छ, यसले हाम्रो श्रमको मूल्य चुक्ता हुन सक्दैन, हाम्रो श्रमको मुल्य के मासिक ५ हजार मात्रै हो ? यदि काम गर्नको लागि हामी आवश्यक छैनौं भने हटाउनु पर्यो होईन भने काम अनुसारको दाम प्रदान गर्नु पर्यो, अब हामी कि वार कि त पार नहुञ्जेल आमरण अनशनलाई जारी राख्ने छौं ।’
आन्दोलन बिना अधिकारको सुरक्षित नहुने भन्दै संयोजक थापाले भनिन्, ‘यो सरकारले हाम्रा मागहरुको बारेमा सुन्नेवाला छैन्, हामीले आन्दोलनलाई तताउनु पर्ने देखिन्छ ।’












प्रतिक्रिया