२२ कार्तिक २०८३, आइतबार

मापदण्ड विपरीतका घरटहरा भत्काइँदै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २५ चैत । मापदण्ड विपरीत सडक मिचेर सिरहाको मिर्चैया नगरपालिका क्षेत्रभित्र अव्यवस्थित रुपमा बनाइएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरिएको छ ।

नगरपालिकाले वडा नं ६ मटियर्वा्स्थित सडक फराकिलो गर्ने क्रममा सडकको दायाँबायाँ रहेका घरटहरा भत्काउन डोजर लगाउँदैछ । सार्वजनिक सूचना जारी गरिए पनि घरधनीले अटेर गरेपछि डोजर लगाएर भत्काउन शुरु गरिएको नगरपालिकाका प्रमुख श्रवण यादवले जानकारी दिए । नगरपालिकाले डोजर लगाएपछि कतिपय घरधनी आफैँले घर भत्काउन शुरु गरेका छन् ।

यसअघि सडकलाई ३६ फिट फराकिलो गर्ने नगरपालिकाले तयारी गरे पनि स्थानीयवासीले विरोध गरेपछि ३२ फिटमा सहमति भई सोहीअनुसार काम भइरहेको नगरपालिका–६ का वडाध्यक्ष देवकृष्ण साहले बताए । –रासस