३१ आश्विन २०८३, शनिबार

फुकुओकामा नेपाल फेस्टिभल हुँदै, पूरा भयो तयारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फुकुओका । जापानको फुकुओकामा आगामी अप्रिल १४ र १५ तारिखमा आयोजना हुने नेपाल फेस्टिभलको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाली कला संस्कृति र स्वादलाई जापानी समाजसँग मिलाएर नेपाली कलाको प्रवद्र्धन गर्न दक्षिण जापानको मुख्य शहर फुकुओकाको तेन्जिङ चिउओकु पार्क (तेन्जिगंमा रहेको सेन्ट्ल पार्क) मा यही अप्रिल १४ र १५ तारिखमा नेपाल फेस्टिभल आयोजना हुँदैछ ।

यस क्षेत्रमा स्थापित पर्वको रुपमा आयोजना हुँदै आएको मेला यसअघि बैशाखी मेलाको नाममा चल्दै आएको नेपाल फेस्टिवल फुकुओका २०१८ का संयोजक तथा फुकुओका नेपाल सोसाइटीका अध्यक्ष समेत रहेका पुरुशोत्तम सिग्देलले जानकारी दिए ।

सुरुवातका समयमा नेपाल र बंगलादेशका केही उत्साहित युवाहरू मिलेर आयोजना गर्दै आएको कार्यक्रम केही वर्षयता नेपालले मात्र आयोजना गर्दै आएको छ ।