बाजुरा, २४ चैत । बाजुराको बडीमालिका नगरपालिका–३ का वडा सदस्यको रुखबाट लडेर शनिबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडाका दलित वडा सदस्य ३५ वर्षीय टेकबहादुर चदारा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बिहान घरबाट भैंसीलाई डालेघाँस काट्न जेब्रे भिरमा गएका बेला उहाँको रुखबाट खसेर मृत्यु भएको हो । –रासस












प्रतिक्रिया