२२ कार्तिक २०८३, आइतबार

विकासमा अवरोध पुर्‍याउनेलाई बहिष्कार गर्नुपर्छ : रक्षामन्त्री पोखरेल

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ चैत । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकास निर्माणमा अवरोध पुर्‍याउनेलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्ने बताउनुभएको छ ।

आसन्न नयाँ वर्ष २०७५ का अवसरमा चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिले टोखा नगरपालिकामा शनिबार आयोजना गरेकोे शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकासका लागि सबै पार्टी एक हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विकास निर्माणका लागि अवरोध गर्ने व्यक्ति र संस्थाको मुद्दा नै दर्ता नगर्न पनि सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । –रासस