२९ आश्विन २०८३, बिहिबार

आत्मघाती आक्रमणमा घाइते पत्रकारको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल ६ पुस । अफगानिस्तानको राजधानी काबुलमा गत डिसेम्बर ११ मा फ्रान्सेली  सांस्कृतिक केन्द्रमा भएको आत्मघाती आक्रमणमा घाइते भएका एक अफगान पत्रकारको  आइतबार मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्  ।

उक्त  सांस्कृतिक केन्द्रमा भएको सो आत्मघाती आक्रमणमा सोही समयमा एक जर्मन नागरिकको मृत्यु हुनुको साथै अन्य २० व्यक्ति घाइते भएका थिए ।

स्थानीय मिट्रा टेलिभिजनका पत्रकार र फोटोग्राफरसमेत रहेका जुबाइर हतामी सो आत्मघाती आक्रमणबाट गम्भीर घाइते भएका थिए ।

घाइते भएका हतामी कोमामा रहेका र दश दिनपछाडी गएराती उनको मृत्यु भएको मिट्रा टेलिभिजनका प्रमुख अब्दुल हर्यायीले एएफपी समाचार समितिलाई जानकारी दिनुभएको छ ।

यस आक्रमणको तालिवानी आतङ्ककारी समूहले जिम्मा लिएको तालिवान प्रवक्ता जाविहुल्लाह मुजाहिदले बताएका थिए ।

काबुल सहरको मध्यमा अवस्थित यस सांस्कृतिक केन्द फ्रान्सको सहयोर्गाथ सञ्चालन हँुदै आएको  जनाइएको छ ।

इजतिक्लाल नामक यस विद्यालयमा अफगान बालकालिकालाई कला र संस्कृति  सिकाउने गरिएको जनाइएको छ । रासस/एएफपी